काठमाण्डु, २५ असोज– विश्व बालिका दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष संसारभर अक्टुबर ११ तारिखका दिन सो दिवस मनाउने गरिन्छ । दिवसको यो वर्षको नारा ‘बालिकाहरू सशक्त बनाऔँ बालिकामाथि हुने हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको छ ।
दिवसका अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसहित बालबालिकाको क्षेत्रमा सक्रिय संघसंस्थाले राजधानीसहित देशभर विविध जनचेतनामूलक कार्यक्रक आयोजना गरेका छन् ।