सोलुखुम्बु, २५ असोज– विभिन्न जिल्लाका विद्यालयले मादक पदार्थ सेवन गर्ने शिक्षकलाई कारबाही गरिरहेका बेला सोलुखुम्बुको बुङस्थित खिरौले निमावि पनि कुनै शिक्षक, अभिभावक तथा विद्यार्थीले मादक पदार्थ सेवन गरी विद्यालय हाताभित्र प्रवेश गरे प्रतिबन्ध लगाइने भएको छ ।
विद्यालय व्यवस्थापन समितिले मादक पदार्थ सेवन गरी आउने शिक्षक तथा अन्य जोहोकीलार्इ पनि कडा कारबाही गरिने जनाएको छ । शिक्षकहरुको हकमा मादक पदार्थ सेवन गरी विद्यालय आए पहिलोपटक ५ सय र दोस्रोपटक खाएर आए सेवाबाटै हटाइने विद्यालयले जनाएको छ ।