बाबुले ब्याण्डेजले कसेर मारे आफ्नै छोरा

काठमाण्डु टुडे २०७१ असोज २४ गते ११:२४ मा प्रकाशित

ललितपुर, २४ असोज – ललितपुरमा बाबुले आफ्नै छोरालाई घाँटीमा ब्याण्डेजले कसेर मारेका छन् ।

धापाखेल–१ बस्ने मानसिक सन्तुलन ठिक नभएका सुमन महर्जनले ४ वर्षीय छोरा सुलभलाई घाँटीमा ब्याण्डेजले कस्दा मृत्यु भएको हो ।

उनले असोज २० गते दिउसो छोरालाई ब्याण्डेजले कसी हत्या गर्न खोज्दा सुमन महर्जनको आमाले देखि उपचारको लागि सुमेरु अस्पताल धापाखेल लगिएको थियो ।

उपचारको क्रममा शुक्रबार ती बालकको मृत्यु भएको छ ।

सुमन महर्जनको मानसिक अस्पताल लगनखेलमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us