राजनीतिक सम्वाद समितिको थपियो म्याद

काठमाण्डु टुडे २०७१ असोज २४ गते ८:५३ मा प्रकाशित

काठमाण्डु, २४ असोज – संविधानका विवादित विषयमा सहमतिका लागि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई संविधानसभाले थप ६ दिनको म्याद थपेको छ।

यसका साथै सहमति भएका विषयहरुलाई संविधान मस्यौदा समितिमा पठाइएको छ ।

सम्वाद समितिको प्रतिवेदनमाथिको शुक्रबार भएको छलफलपछि सभामुख सुवास नेम्वाङले ३० गतेसम्म सहमति र प्रश्नावली बनाउन समय दिने प्रस्ताव गरेका थिए, जसलाई बहुमतले पारित गरेको छ। सम्वाद समितिले ३१ गते प्रतिवेदन पेश गर्नु पर्नेछ।

बैठकमा कांग्रेस र एमालेका सभासदहरुले सहमतिका नाममा समय लम्ब्याउन नहुने बताएका थिए भने एमाओवादीसहितका दलहरुले सहमतिमा जोड दिएका थिए ।

कांग्रेस सभासद गगन थापाले सम्वाद समिति अब सहमति जुटाउन असफल भइसकेको भन्दै प्रश्नावली बनाउन छुट्टै समिति बनाउन माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us