काठमाण्डु, १७ जेठ- विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा मागेर नाराबाजी गरेका छन् ।
आइतबार राति अबेरसम्म चलेको बैठकमा विपक्षीले वेल घेराउ गरी प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।
त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा भारतले मात्र नेपालको भूमि अतिक्रमण गरेको नभई नेपालले पनि धेरै स्थानमा भारतीय भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।
विपक्षीले उक्त अभिव्यक्ति मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डताविरुद्ध रहेको भन्दै आपत्ति जनाएका छन् । उक्त आपत्तिजनक अभिव्यक्ति संसदको अखिलेखबाट हटाउनुपर्ने तथा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग विपक्षीको छ ।
विपक्षी काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपका सांसदले राष्ट्घाती प्रधानमन्त्री राजीनामा दे ! लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो जस्ता नारा लगाएका थिए ।