‘प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्छ’: प्रदीप ज्ञवाली

काठमाण्डु टुडे २०८३ जेठ १७ गते १८:११ मा प्रकाशित

काठमाण्डू, १७ जेठ– पूर्व परराष्ट्रमन्त्री एवं एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज संसदमा नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै माफी माग्नुपर्ने बताएका छन ।

आज (आइतबार) सामाजिक सञ्जालमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भनेका छन्, ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ –संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको यो विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ । यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us