सिरहा, २४ असोज– सिरहाको गोविन्दपुरमा खाल्डोमा डुबेर एक दुई वर्षीय बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा गोविन्दपुर–४ का फेकु पासवानका छोरा निर्मल रहेको इलाका प्रहरी कार्यालय लहानका निरीक्षक सन्तोष निरौलाले बताए । घरनजिकैको इनारबाट पानी बग्न खनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पानीमा डुबेर बेहोस भएका उनको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।