सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस्ः एमाले

काठमाण्डु टुडे २०८३ जेठ १७ गते १४:४३ मा प्रकाशित

काठमाण्डू, १७ जेठ– प्रतिपक्षी दल एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभा निमामावलीको नियम ५६ मा रहेका व्यवस्थाबारे सभामुखबाट गलत व्याख्या भएको भन्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो माग राखेका हुन् ।

‘प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिन अगाडि प्रश्न लिने व्यवस्था कहीँ पनि गरिएको छैन भनेर रोष्ट्रमबाट भन्नुभयो । त्यो प्रतिनिधिसभा नियमावली विपरीत छ । म यसमा निमापत्ति गर्न चाहन्छु र स्वयम सभामुखको त्यो शब्द संसदीय रेकर्डबाट हटाइयोस् भनेर माग गर्न चाहन्छु ।’

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रुपमा सांसदहरूका प्रश्नको जवाफ दिए । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्नका लागि तीन दिन अगावै प्रश्न सभामुखलाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्मरण विपक्षी सांसदहरुले राखेका थिए । तर सभामुख अर्यालले तीन दिन अगावै प्रश्न टिपाउने प्रावधान नरहेको भनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us