काठमाण्डू, १७ जेठ– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन ।
आज (आइतबार) बसेको प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन । उनले यो विषय समाधानका लागि कोसिस भइरहेको समेत बताएका छन ।
उनले नेपाले पनि भारतको जग्गा मिचेको आफूले पाएको समेत बताएका छन । प्रधानमन्त्री बालेनले भने, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’