काठमाण्डू, १७ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी संसद जानकारी गराएका हुन ।
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले यसबारे जानकारी गराएका हुन । एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ ।’
प्रधानमन्त्री शाहले दुवै पक्षका इतिहासविद् र कूटनीतिज्ञलाई राखेर समस्याको समाधान गर्ने कुरा भएको बताए । यो विषयमा इग्ल्याण्ड सरकारसँग पनि सरकारले चासो राखेको प्रधानमन्त्री शाहले यस्तो बताएका हुन ।