काठमाण्डू, १७ जेठ– राष्ट्रिय सभाले आज दुई वटा विधेयक पारित गर्दै छ । प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि आज नै यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसैगरी, प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ पनि आजै पारित गर्ने कार्यसूची समेत रहेको छ ।