तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ १६ गते १७:३९ मा प्रकाशित

तनहुँ’ १६ जेठ- तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१प ९२७ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका ६९ वर्षीय सम्मर बहादुर रानाभाट गम्भीर घाइते भएका थिए ।
घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको भए पनि उपचारका क्रममा शनिबार दिउँसो उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us