नेपालमा अमेरिकी सक्रियता बढ्दो, आउँदैछिन् उपविदेशमन्त्री रोजर्स

काठमाण्डु टुडे २०८३ जेठ १६ गते १६:५० मा प्रकाशित

काठमाडौं- अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल भ्रमण गर्ने उनी हालसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिक अधिकारी हुन् ।

नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘आरोहण सम्मेलन–२०२६’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन उनी काठमाडौं आउन लागेकी हुन् ।

गत जेठ ६ गते दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले सगरमाथाको सफल आरोहण गरेपछि उनको सम्मानमा दूतावासले सेभेन समिट ट्रेक्ससँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us