अछाम, ३० जेठ-अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा भएको जीप दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका निवासी ४१ वर्षीय नबिन तुलाधर र बर्दियाको बासगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको शनिबार मृत्यु भएको हो ।
दुर्घटनामा सिरहाको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाह, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ का २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता तथा स्याङ्जाको फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेल घाइते भएका छन् ।
घाइतेमध्ये शाह र गुप्ताको अवस्था गम्भीर रहेको छ भने पौडेलको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
प्रहरीका अनुसार दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जीप शुक्रबार अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको थियो ।