सुकुमबासी र गरिबविरोधी पार्टी सरकारमा छः पाण्डे

काठमाण्डु टुडे २०८३ जेठ १६ गते १६:२४ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डले मुलुकमा सुकुम्वासी, गरिब र निमुखाविरोधी पार्टी सरकारमा रहेको आरोप लगाएका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी निकट महिला संगठनको एकता भेला कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गरिब, सुकुम्बासी र निमुखा वर्गविरुद्धका गतिविधिमा रहेको आरोप लगाएका हुन् । उनले रास्वपा २३ र २४ गतेको विध्वंश, आगजनी, लुटपाट र षड्यन्त्रबाट सत्तामा आएको टिप्पणी गरे । आफूहरु पञ्चायती निरंकुशताको समयदेखि लामो लडाईं लडेर आएको भन्दै उनले इतिहास नभुल्न रास्वपा नेतृत्वलाई चेतावनी दिए ।
विगतमा जनताले बगाएको रगत, नेताहरूले लडेको, दुःख भूमिगत जीवन, भोगेका अप्ठ्यारा, जनयुद्ध र जनआन्दोलन लडेको कुनै अनुभव रास्वपालाई नभएको तथा ती आन्दोलन र उपलब्धीको माया उनीहरुलाई नरहेको पाण्डेले बताए ।

फरक प्रसंगमा पाण्डेले सबै कम्युनिष्ट घटकहरुलाई एक भएर वर्तमान परिस्थितिको सामना गर्न अपिल गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us