पारस शाह लागूऔषधसहित बैङककमा पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २४ गते ६:३० मा प्रकाशित

काठमाण्डुृ, २४ असोज – पूर्वयुवराज पारस शाह अवैध लागूऔषध कारोबारमा बैंककमा पक्राउ परेका छन् । पटक पटक लागूऔषध कारोवार समातिदै आएका पारस बुधबार दिउसो फेरि पक्राऊ परेका हुन् ।

paras-at-Thailand1पक्राउपछि थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ ।

टीसर्टमा देखिएका पारसलाई उनकै कार अगाडि हत्कडीसहित उभ्याएर प्रहरीले बरामद गरिएको लागू पदार्थ सार्वजनिक गरेको छ । त्यसपछि उनलाई पुलिस स्टेसनमा सार्वजनिक गरिएको हो ।

शाह बुधबार दिउँसो १ बजे पक्राउ परेको थाई भाषाको पत्रिका ‘खाई न्युज’ले जनाएको छ । सो पत्रिकाका अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो ।

पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५ .८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ । त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाइएको छ ।

साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको त्यहाँको प्रहरीलाई उधृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

यसअघि लागू औषध कारोबारमा मुछिदै आएका शाह गत फेब्रुअरीमा हृदयाघात भएपछि लामो समय अस्पतालको उपचारपछि बाहिर निस्केका थिए ।

paras-at-thailand

paras-at-thailand3

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us