काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश र स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी अघि बढेको बताएका छन् I
पार्टीका तल्ला कमिटीहरुमा अन्तरपाटी निर्देशन (अपानी) जारी गर्दै ओलीले सरकार प्रदेश र स्थानीय तहको निर्वाचन सँगसँगै गराउने गरी जुटेको उल्लेख छ ।
ओलीले भनेका छन्, ‘वर्तमान सरकार र निर्वाचन आयोग प्रदेश सभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेको अवस्था छ ।’
यस्तो अवस्थामा पार्टीको एउटा हिस्साले निराशा र पलायनको बाटो रोजिरहेको उनले बताए ।
ओलीले पार्टी पंक्तिमा विद्यमान निराशा चिर्दै आशाको सञ्चार गर्न जरुरी रहेको उल्लेख गरे ।