एमालेमा फेरिए विभाग प्रमुख, चरम ओलीविरोधी नेताले पनि पाए जिम्मेवारी

काठमाण्डु टुडे २०८३ जेठ १६ गते १२:२३ मा प्रकाशित

काठमाण्डु– एमालेले पार्टीका विभागीय प्रमुख हेरफेर गरेको छ ।
महासचिव शंकर पोखरेलले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै विभागीय प्रमुखहरु नियुक्त गरिएको सर्कुलर गरेका हुन् ।

अध्यक्ष केपी ओलीनिकट सचिव भानुभक्त ढकाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

अर्की सचिव पद्मा अर्यालले संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारी पाएकी छन् । उनी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छिन् ।

केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

ओलीविरोधीका रुपमा परिचित डा. बिन्दा पाण्डेलाई अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तो छ विभागी प्रमुखहरुकोे सूची

पद्मा अर्याल– संसदीय मामिला विभाग

भानुभक्त ढकाल– संगठन विभाग

हिक्मतकुमार कार्की– विपद व्यवस्थापन तथा स्वयम सेवा विभाग

अग्निप्रसाद खरेल– ऊर्जा जलस्रोत तथा सिँचाइ विभाग

अमित लामा– युवा तथा खेलकुद विभाग

आनन्दप्रसाद पोखरेल– पर्यटन तथा नागरिक उड्डयन विभाग

कर्णबहादुर थापा– उद्योग वाणिज्य तथा आपूर्ति विभाग

किरण गुरूङ– राष्ट्रिय हित तथा सुरक्षा विभाग
कृष्णगोपाल श्रेष्ठ– स्वास्थ्य तथा जनसंख्या विभाग

खेमप्रसाद लोहन– सहकारी तथा गरिबी निवारण विभाग

गणेशसिंह ठगुन्ना– संघीय मामिला तथा सामान्य प्रशासन विभाग

गोकुलप्रसाद बास्कोटा– विज्ञान तथा प्रविधि विभाग

गोरखबहादुर बोगटी– सामाजिक सेवा विभाग

ज्वालाकुमारी साह– कृषि तथा पशुपन्छी विकास विभाग

झटबहादुर रावल– खानेपानी तथा सरसफाइ विभाग

ठाकुरप्रसाद गैरे– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग

देवेन्द्र दाहाल– निर्वाचन विभाग

निरज आचार्य– प्रचार तथा प्रकाशन विभाग

पार्वती रावल– शिक्षा तथा मानवस्रोत विभाग

प्रदीप ज्ञवाली– विदेश मामला विभाग

बिनाकुमार श्रेष्ठ– पुस्तकालय तथा अभिलेख विभाग

भारती पाठक– वन तथा वातावरण विभाग

डा। भीष्म अधिकारी वित्त तथा कोषव्यवस्थापन विभाग

रचना खड्का– श्रम तथा रोजगार विभाग

रमेश बडाल– कानुन विभाग

राजेन्द्रप्रसाद गौतम–स्थानीय विकास विभाग

डा. विन्दा पाण्डे– अर्थ तथा योजना विभाग

डा. वीरेन्द्रराज शर्मा पोखरेल– सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग
शेरबहादुर तामाङ– सहरी विकास विभाग प्रमुख

सूर्य ढकाल– भूमि व्यवस्था तथा प्रमुख

सुशीला नेपाल– उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग

हेमराज राई–कला तथा संस्कृति विभाग

सूर्य ढकाल- भूमि व्यवस्था विभाग

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us