श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड बजेट विनियोजन

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १८:१३ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रूपैयाँ बजेट छुट्टाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरीएको जानकारी गराए ।

रिर्भस प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेशणलाई उपभोग गर्दै विप्रेशणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्दै विप्रेशण लगानी मिलान कोष सञ्चालन गरिने समेत उनले बताए छन ।

वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माईग्रेन कार्यक्रम कार्यान्वयन गरिने समेत बताएका छन ।

युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरि सिपयुक्त बनाउने अर्थमन्त्री वाग्लेले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us