चेकजाँचमा खटिएका सशस्त्र प्रहरीमाथि गोली प्रहार

काठमाण्डु टुडे २०७१ असोज २४ गते ४:२८ मा प्रकाशित

कपिलवस्तु, २४ असोज– कपिलवस्तुको धनकौलीमा सशस्त्र प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
धनकौली– ३ बिजगौरी पुल नजिकै चेकजाँचमा खटिएको सशस्त्र टोलीलाई लक्षित गरी शुक्रबार बिहान गोली प्रहार भएको हो । घटनामा मानवीय क्षति भने भएको छैन ।
मोटरसाइकलमा आएका दुईमध्ये एकले गोली चलाएका थिए । प्रहरीले मोटरसाइकल रोक्न खोज्दा पछाडि बसेका व्यक्तिले गोली चलाएका थिए । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्मेलीका उपरीक्षक मधुकृष्ण गड्तौलाले जवाफमा सशस्त्रले पनि केही राउण्ड फायर गरेको बताए । उनका अनुसार घटनापछि भागेका आक्रमणकारीलाई पिछा गर्ने क्रममा एक थान कटुवा पेस्तोल र २ वटा सकेट बम बरामद भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us