बजेटको आकार २१ खर्ब २४ अर्ब

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १७:५७ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरीएको छ । आज (शुक्रबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट प्रस्तुत गरेका हुन ।

पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने पनि उनले बताएका छन । त्यस्तै, राजस्व १४ खर्ब ४ अर्बको रहने सोत उनले बताए ।

अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us