कर्मचारीको तलब बढ्यो

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १७:४८ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले कर्मचारीको तलब बढाएको छ । बजेट भाषणअनुसार सरकारले कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको हो ।

पछिल्लो ४ वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्ता समेतलाई कायम गरेर कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए ।

सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको सुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था समेत गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

यसबाट हाल खाइपाइ आएको पारिश्रममा करिब २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्युनतम तलब करिब ४० हजारदेखि रु १ लाखमाथि कायम हुने अर्थमन्त्रीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us