सुकुमबासी बस्ती भत्काएर सरकारले गलत गर्याेः गगन थापा

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १७:४३ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– कांग्रेस सभापति गगन थापाले सरकारले काठमाण्डू लगायतका स्थानका सुकुमबासी बस्ती भत्काएर गलत गरे तर्क गरेका छन ।

पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजन गरेको ‘विस्थापनको व्याकुलताः सहरी सुकुमबासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ शीर्षकको ग्रिन टेबल छलफल कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन ।

उनले सरकारले सुकुमबासी बस्तीका घर टहरा हटाएर मानिसको आत्मसम्मानपूर्वक बाच्न पाउने अधिकारमा ठेस पुर्‍याएको समेत बताएका छन । सभापति थापाले भने, ‘सुकुमबासीहरूको राति सुत्दा घर छ, बिहान उठ्दा घर हुँदैन त्यसलाई कसै गरी उपयुक्त भन्न सकिन्न, ‘भत्काउनेले जाबो एउटा टहरो भत्काएको भन्नु उपयुक्त हुन्न ।

संविधानले नै भूमिहीन दलितलाई एक पटकलाई भूमि दिनुपर्छ भनेको छ ।’ उनले जनप्रतिनिधिलाई सुकुमबासीको व्यवस्थापनका नाममा विधि र प्रक्रियाबिना भत्काएमा कारबाही गर्ने चेतावनी दिएको बताए। उपयुक्त स्थानमा अर्को व्यवस्था गरेर मात्रै सुकुमबासी बस्तीलाई हटाउन निर्देशन दिएको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us