काठमाण्डू, १५ जेठ– सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा सञ्चालन गर्ने घोषणा गरेको छ ।
आज (शुक्रबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३–८४ को बजेट वक्तव्य मार्फत यस्तो घोषणा गरेका हुन् । उनले निगमलाई कम्पनी मोडेलमा सञ्चालनका लागि आवश्यक मोडेल तयार पार्ने जानकारी दिए ।