पछिल्लो निर्वाचनमा प्राप्त मतको आधारमा राजनीतिक दललाई अनुदान दिने सरकारको तयारी

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १७:१५ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले राजनीतिक दललाई गत निर्वाचनमा पाएको मतको आधारमा अनुदान दिन तयारी गर्ने घोषणा गरेको छ ।

आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

पछिल्लो निर्वाचनमा प्राप्त भएको मतको आधारमा यस्तो अनुदान दिने र यसको लेखापरीक्षण महालेखा परीक्षकले गर्ने उनले जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us