काठमाण्डू, १५ जेठ– सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आज (शुक्रबार) सरकारको आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यसबारे जानकारी गराएका हुन ।
उनले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने समेत जानकारी गराए ।
त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने समेत उनले जानकारी दिए ।