राजनीतिक अस्थिरताको दुश्चक्र समाप्तः अर्थमन्त्री वाग्ले

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १६:३३ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन ।

आज (शुक्रबार) आगामी आर्थिक वर्षको बजेट पेश गर्न संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.वाग्लले यस्तो बताएका हुन ।

उनले भने, ‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ ।’

साथै, अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको पनि बताएका छन । त्यस्तै, वित्तिय प्रणालीमा पर्याप्त तरलता रहेको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us