गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई निषेध !

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १५:४६ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– आज (शुक्रबार) गणतन्त्र दिवसका अवसरमा काठमाण्डूको टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई निमन्त्रणा नगरिएको खुलेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहे पनि पूर्वप्रधानमन्त्रीहरू सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्न भने भने उपस्थित थिएनन् ।

देउवा स्वास्थ्य उपचारका लागि विदेश गएको र हालसम्म पर्किएका छैनन् । पूर्वप्रधानमन्त्री खनालले टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा आफूलाई निम्ता नगरिएको जानकारी दिएका छन ।

उनले अन्य सरकारका बेला निमन्त्रणा आउने गरे पनि यसपटक कुनै औपचारिक निमन्त्रणा नआएको पुष्टि गरेका छन । यद्यपि, निमन्त्रणा नआएको विषयलाई आफूले धेरै ठूलो मुद्दाका रूपमा नलिएको प्रतिक्रिया दिएका छन ।

त्यस्तै, पूर्वप्रधानमन्त्री दाहालको सचिवालयले पनि पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा नआएको जनाएको छ । दाहालका सचिवालय सदस्य गंगा दाहालका अनुसार प्रतिनिधिसभा सदस्यको हैसियतमा पत्र आए पनि पूर्वप्रधानमन्त्रीको हैसियतबारे कुनै उल्लेख गरिएको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us