गुण्डागर्दीमा संलग्न सानुभाइले पोखराको क्लबमा युवामाथि गरे आक्रमण

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १३:५५ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङले पोखराको रात्री क्लबमा युवामाथि आक्रमण गरेका छन । घटना आइतबार रातिको भएको बताइएको छ ।

पोखराको लेकसाइडमा रहेको क्लब १६ मा सानुभाइ र उनको समूहले अर्को समूहका युवामाथि आक्रमण गरेका हुन् । सामान्य विवादमै सानुभाइ समूहले अर्को समूहमाथि आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

पीडित युवाले पोखरा प्रहरीमा उजुरी समेत दिएका छन । आक्रमणपछि त्यहाँबाट निस्केको सानुभाइको समूह अहिलेसम्म फरार छ । काठमाण्डूबाट पोखरा घुम्न पुगेको उनको समूहले आक्रमण गरी फरार भएपछि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सानुभाइलाई पक्राउ गर्न काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । सानुभाइ पटक पटक पक्राउ पर्दै आएका गुण्डा नाइके हुन् ।

उनलाई पछिल्लो पटक जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले गत २२ चैतमा सामाखुसी क्षेत्रबाट पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us