काठमाण्डू, १५ जेठ– सैनिकमञ्च टुँडीखेलमा गणतन्त्र दिवस २०८३ मूल समारोह जारी रहेका बेला एक जना सैनिक जवान लडेका छन । काठमाण्डूको ड्युटीमा खटिएका बेला भुइँमा लमतन्न परेका उनलाई अन्यले उठाएका थिए ।
उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो । उनी सहयोगीहरुको सहरामा हिँडेरै उपचारस्थलमा पुगेका थिए ।
ती सैनिक एकैठाउँमा उँभिरहँदा ‘खुट्टा जाम’ भएर लडेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । ‘कहिलेकाहिँ शरीरमा पानीको मात्रा कम भएर हुन्छ, कहिले खुट्टा जाम भएर त्यस्तो हुन्छ,’ प्रवक्ता बस्नेतले भने, ‘उनको खुट्टा जाम भएको थियो ।
उनी होसमै थिए । हिँडेरै गएको पनि देख्नुभयो होला ।’ उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।