प्रचण्ड अस्वस्थ, गणतन्त्र दिवस समारोहमा अनुपस्थित

काठमाण्डु टुडे २०८३ जेठ १५ गते ११:४६ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । सोही कारण उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी हुन सकेनन् ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले ज्वरो आएका कारण संयोजक प्रचण्ड निवासमै आराम गरिरहेको जानकारी दिएका छन ।

प्रमुख स्वकीय आर्चायले भने, ‘उहाँलाई हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आयो । डाक्टरहरुले आराम गर्न सल्लाह दिनुभएकाले कतै जानु भएको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us