बजेट भाषण नयाँ हलबाट नहुने

काठमाण्डु टुडे २०८३ जेठ १४ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, १४ जेठ– भोलि सङ्घीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ ।

प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन । ‘प्राविधिक कामहरू सकिएनन् नयाँ हलबाट बजेट वाचन असम्भव जस्तै भयो। चुनौतीपूर्ण देखियो, उनले भने ।’

अब बजेट पनि प्रतिनिधिसभा बैठक चलिरहेको काम चलाऊ हलबाट वाचन हुने देखिएको छ । सिंहदरबारस्थित पुतली बगैँचामा बनिरहेको संसद् भवन निर्धारण गरिएको समयमा बन्न नसक्दा प्रतिनिधिसभा बैठक कामचलाउ हलबाट चलिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us