पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर

काठमाण्डु टुडे २०८३ जेठ १४ गते १२:२४ मा प्रकाशित

काठमाण्डू, १४ जेठ– पोखराको पृथ्वीचोकस्थित बसपार्कअगाडि संस्थान क्षेत्रमा कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम सुरु गरीएको छ ।

सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको हो । ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए । नेकपानिकट मजदुर संगठनले भने यसअघि नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी हस्तान्तरण गरेको थियो ।

हङकङ बजारको अगाडि आज डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए ।

यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालयसमेत छ । यस स्थानका संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us