बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफलः गगन थापा

काठमाण्डु टुडे २०८३ जेठ १४ गते ११:०० मा प्रकाशित

काठमाण्डू, १४ जेठ– कांग्रेसका सभापति गगन थापाले बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल रहेको बताएका छन ।

आज (बिहिबार) बकर ईदको अवसरमा शुभकामना दिँदै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले लेखेका छन्– नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो ।

प्राचीन कालदेखि नै विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति तथा चाडपर्वहरूको संगमस्थलका रूपमा रहेको हाम्रो समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको छ ।

शुभकामना सन्देशमा उनी थप लेख्छन् – ‘बकर इद (इद–उल–अज्हा) नेपालीहरूबिच आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्दै सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि पार्टी र मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us