सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छः ओली

काठमाण्डु टुडे २०८३ जेठ १४ गते १०:४८ मा प्रकाशित

काठमाण्डू, १४ जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि भएको बताएका छन ।

आज (बिहिबार) इस्लाम समुदायको महान् पर्व बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानामन्त्री ओलीले यस्तो बताएका हुन ।

‘यहाँ मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुन्जिन्छन् ।

हाम्रो शक्ति यहाँका विविधता बिचको एकतामा छ । यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छु , उनले सन्देशमा भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us