भिक्टर र निश्चलदेखि निसान मैनालीसम्म डामिए प्रतिवेदनमा, थप अनुसन्धान गर्न सिफारिस

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १८:३३ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– आज (बुधबार) राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको ‘नवयुवा जेन–जी आन्दोलनको अनुसन्धान प्रतिवेदन सिफारिस’मा डामिनेहरूमा रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलदेखि हाल अस्ट्रेलियामा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा भोट माग्ने कन्टेन्ट क्रिएटर निसान मैनाली समेत परेका छन ।

प्रतिवेदनले गरेको सिफारिसको बुँदा नम्बर ३० मा भिक्टर पौडेल, निसान मैनालीलगायतको नामै किटान गरिएको छ । र, सिफारिसमा ‘२३ र २४ भदौको घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेको’ भन्दै उनीहरूका बारेमा ‘थप अनुसन्धान गर्न’ माग गरिएको छ ।

यस्तै, सूचीमा विवेक थपलिया, भाग्य न्यौपाने, टंक दाहाल, हेमराज थापा, अमनप्रताप अधिकारी, निश्चल बस्नेतलगायतको पनि नाम किटान गरिएको छ । नाम किटान गरिएकोमा टंक दाहाल भने विदेशी नागरिक हुन् । उनले अमेरिकाको नागरिकता लिएको सार्वजनिक रूपमै बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us