कोशी प्रदेशसभा: पूर्वमुख्यमन्त्रीले रोष्ट्रमको माइक थुतेर भागेपछि…

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १६:२७ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– कोशी प्रदेश सभाको बैठकमा संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन ।

आज (बुधबार) बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया पुरा नगरी नीति तथा कार्यक्रम गरेको भन्दै विरोध जनाएका हुन् ।

विरोधकाबीच कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजे पनि प्रतिपक्षी सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरेका थिए ।

सो क्रममा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक खोस्ने प्रयास गरेपछि मर्यादा पालकले रोकेका थिए । विरोधकाबीच सभामुख विष्टले संशोधनको समय नदिएको नभई संशोधन नआएपछि प्रक्रिया अघि बढाएर नीति तथा कार्यक्रम पारित गरिएको बताए ।

उनले नीति तथा कार्यक्रम पारित गर्दा सर्वसम्मत नभई प्रतिपक्षीका असहमति रहेको विषयलाई उल्लेख गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us