फेसबुकमा लभ, बाँसघारीमा सेक्स, प्रहरी खोरमा बास

काठमाण्डु टुडे २०७१ असोज २४ गते ३:०० मा प्रकाशित

काठमाण्डु, २४ असोज–  सामाजिक सञ्जाल फेसबुकले मानिसबीचको सम्बन्धमा परिवर्तन ल्याइदिएको छ ।
facebookफेसबुकले एकातिर युवक युवतीबीच चिनजान, मित्रता र सम्बन्धलाई नयाँ आयाम दिएको छ भने यही फेसबुकले कतिलाई समस्यामा पारेको छ । फेसबुकको मित्रताले सिन्धुलीका दुई जोडीलाई प्रहरी हिसासतसम्म पुर्यासएको छ ।
केही समयअघि मात्रै फेसबुकबाट साथी बनेका कमलामार्इ नगरपालिका–७ सिन्धुलीका जनकलाल आले र विमल मगर तथा सर्लाही जिल्ला हरिवन बस्ने कमला पाख्रिन र शकुन्तला तामाङलाई फेसबुकले नै एक अर्कामा भेट हुने मौका जुराएको थियो ।
उनीहरूबीच विजयादशमीको अवसरमा एकआपसमा भेटघाट गर्ने निर्णय पनि फेसबुकबाटै भएको थियो । सोहीअनुसार पाख्रिन र तामाङ सर्लाहीबाट मंगलबार सिन्धुली सदरमुकाम आइपुगेका थिए ।
आले र मगर पनि फेसबुकको साथी भेट्न सदरमुकाम आइपुगे । फेसबुकबाट ‘फेस टु फेस’ भई सँगै खाजा खाएर रमाइलो गरे । रमाइलो गर्ने क्रममा सार्वजनिक सडक नजिकको काँसघारीमा गएर शारीरिक सम्पर्कमा मस्त भएपछि उनीहरूलाई प्रहरीको गस्ती टोलीले समातेको थियो । प्रहरीले कमलामाई नगरपालिका–६ ग्वाङखोला नजिकैबाट उनीहरुलाई अश्लील क्रियाकलापमा संलग्न भएको भन्दै रंगेहात पक्राउ गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us