काठमाण्डु, २३ असोज- उच्चस्तरीय राजनीतिक समिति गठनको सहमति भए पनि एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय गठबन्धनले पूर्वघोषित आन्दोलनका कार्यक्रम नरोक्ने भएको छ ।
मोर्चा सचिवालयको बिहीबार बसेको बैठकले आन्दोलन नरोक्ने निर्णय गरेको हो । गठबन्धनले शुक्रबारबाट आन्दोलनको कार्यक्रम थाल्दैछ । गठबन्धनले भोलि काठमाण्डुको माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म प्रदर्शन गर्ने भएको छ ।
प्रदर्शनपछि बानेश्वरमा हुने विरोध सभालाई एमाओवादी महासचिव कृष्णबहादुर महरा, नागरिक अगुवा खगेन्द्र संग्रौलालगतयले सम्बोधन गर्ने छन् । यस्तै ३१ असोजमा काठमाण्डुकको खुलामञ्चमा सभा गर्ने र सभालाई सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने निर्णय सचिवालयले गरेको छ ।