दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

काठमाण्डु टुडे २०८३ जेठ ११ गते १६:२४ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ । प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रसाईंको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै पठाएको छ । प्रहरीले ४ जेठमा प्रसाईंलाई वीरगञ्जको होटल दियालोबाट पक्राउ गरेको थियो ।

उनले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध, कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाती र सम्प्रदायबीचको समधुर सम्बन्धमा खलल पार्ने अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us