न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न रास्वपा सांसदको माग

काठमाण्डु टुडे २०८३ जेठ ११ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा रास्वपा सांसद न्यौपानेले यस्तो माग गरेका हुन ।

‘न्यायाधीशका सम्पत्ति गोप्य राखिनेछ भन्ने नियमावलीमा भएकाले पारदर्शिता छैन,’ सांसद न्यौपानेले भने, ‘अविलम्ब न्यायाधीशको सम्पत्ति वेबसाइटमा रहने व्यवस्था गर्नपर्‍यो ।’

न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्‍यो ।’ स्थानीय तहमा अदालतको व्यवस्था रहेको बताउँदै उनले त्यसका लागि कानुन नबनेको समेत बताएका छन । ‘स्थानीय अदालतको व्यवस्था छ ।

तर, यसका निमित्त कानुन बनाएनौं । स्थानीय अदालत गठन गरेर, जिल्ला अदालतको क्षेत्राधिकार बढाएर सर्वोच्च अदालतको चाप घटाऔं,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us