पार्टी पुनर्गठनको विषयमा निर्णय लिन एमालेले बोलायो केन्द्रीय समिति बैठक

काठमाण्डु टुडे २०८३ जेठ ११ गते १४:०८ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीको सचिवालय बैठकले असार १५ देखि २० गतेको बिचमा बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष र महासचिवबिचको सल्लाहमा १५ देखि २० गतेको बिचमा बैठकको मिति तय हुने एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

सोही बैठकले पार्टी पुनर्गठनको विषयमा निर्णय हुने भएको छ । सचिवालय बैठकमा नेताहरूले पार्टी पुनर्गठनको विषय उठाएपछि केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

सोही बैठकले पार्टी पुनर्गठनको विषयमा निर्णय गर्ने नेता लेखराज भट्टले जानकारी दिए । त्यस्तै, पार्टी पुनर्गठनसम्बन्धी सुझाव दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षताका कार्यदल गठन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us