काठमाण्डू, ११ जेठ– ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री ललितपुर महानगरपालिका–२३ मा डेरा गरी बस्ने सर्लाही घर भएका अनिरुद्र शाहकी छोरी ८ वर्षीया रोशनी साह रहेकी छन ।
ललितपुर महानगरपालिका–२३, हात्तीवनस्थित सडकमा बागमती प्रदेश०१–०३३ च ८७८० नम्बरको कारको ठक्करबाट पैदलयात्री साहको शनिबार बेलुकी मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कारचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।