काठमाण्डू, ११ जेठ– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले आज (सोमबार) माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
‘पास गरेकोलाई कोरिया पठाऊ’, ‘रोजगारको अधिकार सुनिश्चित गर’ लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गर्दै प्रदर्शनमा उत्रीएका हुन ।
ईपीएस परीक्षा उत्तीर्ण गरेपछि पनि हजारौँ नेपाली युवा लामो समयदेखि कोरिया जान प्रतीक्षामा रहेका छन्। कोरियाली रोजगारदाताबाट ‘रोस्टर’ मा परे पनि श्रम सम्झौता (लेबर कन्ट्र्याक्ट) नआउनु, सीमित श्रम कोटा, प्रक्रिया ढिलाइ, कोभिड–१९ महामारीपछिको प्रभाव तथा नेपाल–कोरिया श्रम आपूर्ति प्रक्रियामा देखिएको प्रशासनिक जटिलताका कारण धेरै युवाहरू अझै जान नसकेको उनीहरूको गुनासो छ।