सभामुख अर्याल र उपराष्ट्रपति यादवबिच भेटवार्ता

काठमाण्डु टुडे २०८३ जेठ ११ गते १२:०८ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– प्रतिनिधि सभाका सभामुख डीपी अर्याल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवबिच शिष्टाचार भेटवार्ता भएको छ ।

सभामुखले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर उपराष्ट्रपति यादवसँग भेट गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसद्को प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुख सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us