काठमाण्डू, ११ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को युट्यूव च्यानलमा ‘राजा ज्ञानेन्द्र’ प्रति श्रद्धाभाव प्रकट गरिएको गीत अपलोड भएको छ । उक्त तीन महिनाअगाडि नै गीत अपलोड भए पनि गीतले भर्खर मात्रै चर्चा पाएको हो । ‘बालेन’ नामको युट्युव च्यानलमा २० फेब्रुअरी २०२४ मा यो गीत अपलोड भएको देखिन्छ ।
गीतको शीर्षक छ, ‘शिरमाथि नेपाल आमा’ । गणतन्त्रका प्रधानमन्त्रीको युट्यूव च्यानलमा यसरी राजाको प्रशंसा गीत भेटिएपछि विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । अधिकांश कमेन्टहरूमा बालेनलाई राजसंस्था फर्काउन अपिल गरिएको देखिन्छ । यद्यपि, यही गीतका आधारमा बालेनले राजसंस्थाप्रति रुझान देखाएको भने मान्न सकिन्न ।
किनकी गीत उनी आफैँले सिर्जना गरेर हालेको नभएर युट्युवले अटो जेनरेट (स्वतः सिर्जित) गरेको हो । यद्यपि, बालेनले चाहेको भए यसलाई हटाउन भने सक्थे ।
गीतका शब्दहरू यस्ता छन्ः
शिरमाथि नेपाल आमालाई
काँधमाथि ज्ञानेन्द्र राजालाई
संसारको नजरमा टल्किहाल्यो ज्योती
थरिथरि कला कोर्दै पहाड मधेश बोकी
उन्नतिका शंखधारा इन्द्रेणी झैँ गर्जन
हृदयको सुराहीमा शान्तिक्षेत्र भर्छन्
शिरमाथि‘।
पूर्वको मेची खोला पश्चिमको पाली
भुल्का परी फुट्न थाल्यो दुख मैलो फाली
बिर्सिएको रंग फेरि उम्लीउम्ली आयो
हाम्रो राजा शान्तिकामी नेपालले पायो
शिरमाथि नेपाल आमालाई
काँधमाथि ज्ञानेन्द्र राजालाई