एमालेको सचिवालय बैठकः ओलीद्वारा जवाफ दिन सुरु

काठमाण्डु टुडे २०८३ जेठ १० गते १७:३८ मा प्रकाशित

काठमाण्डू, १० जेठ– गुन्डुमा जारी एमालेको केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।

शुक्रबार बाट सुरु भएको केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलबाट सुरु भएको धारणा राख्ने क्रम आइतबार गण्डकीका पूर्वमुख्यमन्त्री समेत रहेका सचिव खगराज अधिकारीले बोलेपछि सकिएको हो । आइतबार अधिकारीसहित, शेरधन राई, यमलाल कँडेल र भानुभक्त ढकालले आआफ्नो धारणा राखे ।

उनीहरुले अन्य पदाधिकारीजस्तै पार्टी पुनर्गठनको पक्षमा जोड दिँदै पार्टीलाई एकताबद्ध र बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तिममा अधिकारीले धारणा राखेपछि ‘खाजा ब्रेक’ गरिएको गुण्डु स्रोतले जनाएको छ । ‘सदस्यहरूले धारणा राख्ने क्रम सकेर, अध्यक्षले जवाफ दिन थाल्नु भएको छ’, स्रोतले भन्यो, ‘अध्यक्षले जवाफ दिइसकेर बैठक सक्ने तयारी छ ।’

१९ सदस्यीय एमाले सचिवालय बैठकमा बहुमत सदस्यहरूले पार्टी पुनर्गठनमा जोड दिँदै समयानुकूल नेतृत्व परिवर्तन गरेर अघि नबढे एमालेको साख जोगाउन नसकिने बताएका छन् । तर अध्यक्ष ओलीले भने आफू नेतृत्व छाड्न अनिच्छुक रहेको बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us