काठमाण्डू, ९ जेठ । पार्टीभित्र चौतर्फी दबाबबीच एमाले अध्यक्ष केपी ओलीले पद नछाड्ने अडान लिएका छन् ।
शनिबार आफ्नै निवास गुण्डुमा बसेको सचिवालय बैठकमा ओलीले कुनै हालतमा नेतृत्व नछाड्ने अडान लिए ।
सचिवालय बैठकमा शुक्रबार उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, गोकर्णराज विष्ट र रघुजी पन्तले पनि पार्टी र आन्दोलन बचाउने भए ओलीले मार्ग प्रसस्त गर्नुपर्ने धारणा राखेका थिए ।
शनिबारको बैठकमा उपमहासचिव गोगेशकुमार भट्टराईले ओलीको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै तत्काले उनले राजीनामा दिनुपर्ने माग राखे ।
महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायतले पनि घुमाउरो शैलीमा ओलीले नेतृत्व छाड्नुपर्ने बताए । अर्का सचिव लेखराज भट्टले ६० वर्ष नाघेका सबै नेताले कार्यकारी जिम्मेवारी छाड्नुपर्ने प्रस्ताव राखे ।
सचिवालयमा बादल र सचिव महेश बस्नेतबाहेक सबैले ओलीले मार्ग प्रसस्त गर्नुपर्ने धारणा राखे । जवाफमा ओलीले कसैले भन्दैमा नेतृत्व नछाड्ने बताए । उनले आफूलाई राजनीति सिकाउने र सम्झाउने काम नगर्न पनि नेताहरुलाई चेतावनी दिए ।
ओलीले एमालेलाई पुरानै अवस्थामा नफर्काएसम्म आफूले नेतृत्व नछाड्ने स्पष्ट गरे । ‘पार्टीमा मेरो नेतृत्वको अझै जरुरत छ । कसैले भन्दैमा म छाड्दिन । पुरानै अवस्थामा पार्टीलाई फर्काउन मेरो नेतृत्व आवश्यक छ’, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
‘
‘