बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ ९ गते १७:५६ मा प्रकाशित

मकवानपुर- मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ सिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई घुम्तीमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जन गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटी ले जानकारी दिए ।

प्रहरीले बस र चालक काभ्रेको चौँरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us