गोंगबुको गेष्ट हाउसबाट ४५ राउण्ड गोली र एसएलआरको म्याग्जिनसहित दुई पक्राउ

काठमाण्डु टुडे २०८३ जेठ ९ गते १२:२५ मा प्रकाशित

काठमाण्डू, ९ जेठ– प्रहरीले काठमाण्डूबाट गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीका २७ वर्षीय खगेन्द्र शर्मा र नरेफाँट बस्ने २२ वर्षीय शंकर गुप्ता छन् ।

उनीहरुलाई टोखा नगरपालिका–९ गोंगबु शिवमन्दिरस्थित काबेली गेष्ट हाउसबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

थापाका अनुसार प्रहरीले उनीहरुका साथबाट ४५ राउण्ड गोली, एसएलआरको म्याग्जिन र एउटा मेटल नक बरामद गरेको छ । थप अनुसन्धान भइरहेको थापाले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us